• २०८३ असार २०
  • 2026 July 04, Saturday

प्रचण्ड-ओलीकाे लञ्च मिटिङमा के भयाे कुराकानी ?

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लन्च मिटिङ भएको छ ।

एमाले अध्यक्ष ओलीको निवास बालकोटमा भएको लन्च मिटिङमा सभामुखको चयन र मन्त्रिपरिषद विस्तारबारे छलफल भएकाे छ ।

२०७४ को फागुनमा पनि मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न दुई नेताको लन्च मिटिङ भएको थियो। त्यो बेला ओली प्रधानमन्त्री थिए ।

मेडिकल सञ्चालक दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा ओली र प्रचण्डले मार्सी चामलको भात खाएका थिए । ओली र प्रचण्डको त्यो लञ्च मिटिङ अहिले पनि चर्चामा छ ।

ओली र प्रचण्डबीच मन्त्रिपरिषद विस्तारलाई छिटाे टुंगो लगाउने गरी छलफल भएकाे बताइएकाे छ ।

सत्ता गठबन्धनमा रहेका दलका नेताहरूका अनुसार मंगलबार मन्त्रिपरिषद विस्तार हुने सम्भावना छ ।

माघ ५ गते सभामुखको चयन हुने कार्यतालिका छ । एमाले र माओवादीबिच प्रधानमन्त्री र सभामुखको कार्यकाल बाँड्ने सहमति भइसकेको छ ।

सहमतिअनुसार पहिलो साढे २ वर्ष प्रचण्ड प्रधानमन्त्री हुने र सभामुख एमालेको तर्फबाट हुने भन्ने छ ।