पेशागत हकहित र आम स्वास्थ्य सरोकार हाम्रो प्रमुख मुद्दा : डा. सैयद (भिडिओसहित)

काठमाडाैं । नेपाल चिकित्सक संघको पहिलो चरणको निर्वाचन माघ ५ गतेबाट सुरु हुँदैछ । संघको नयाँ कार्यसमिति चयनका लागि तीनवटा समूह चुनावी मैदानमा उत्रिएका छन् ।

लोकतान्त्रिक समूहबाट डा. अनिलविक्रम कार्कीको प्यानल चुनावी मैदानमा होमिएको छ भने प्रगतिशिल समूहको नेतृत्व सन्तोष पौडेलले गरेका छन् । माओवादी निकट समूहको नेतृत्व डा. शिवजी सिलवालले गरेका छन् ।

हुलाक सञ्चारसँग कुरा गर्दै अनिल समूहबाट कार्यसमिति सदस्यका उम्मेदवार डा. मनोर दिन सैयद भन्छन्, ‘इतिहासमै अहिलेसम्म चिकित्सक संघमा प्रजातान्त्रिक समूहको बर्चश्व छ । अहिलेसम्मका नेतृत्वले गरेका सफल काम कारवाहीका कारण नै देशभरका चिकित्सक साथीहरुले प्रजातान्त्रिक समुहलाई विश्वास गरेकाहुन् । यसपटक पनि सक्षम नेतृत्व हामीसँग छ । हामी सदस्यका उम्मेदवार पनि काबिल छौं । हाम्रो जित सुनिश्चित छ । ’

डा. अनिल विक्रम कार्की नेतृत्वको लोकतान्त्रिक प्यानलले चिकित्सकको हक हितका साथै देशकै स्वास्थ्य प्रणाली सुधारका लागि ठोस काम गर्ने डा. सैयदको दाबी छ ।

उनी भन्छन्, ‘हामी देशभर घुमेर आएका छौं । चिकित्सक, जनता र मुलुककै स्वास्थ्य अवस्था बुझेका छौ. । आवश्यक नीति, निर्माणका लागि सरकारसँग मिलेर काम गर्न सक्छौ । चिकित्सक संघ राजनीति गर्ने अखडा होइन, यो सेवामुलक संस्था हो । हामी सेवाको भावमा सम्पूर्ण चिकित्सक र राष्ट्र हितमा काम गर्नेछौँ ।’

देशभरका अस्पताल, स्वास्थ्य संस्था र चिकित्सकको भौतिक तथा व्यवसायिक सुरक्षा, गुणस्तरीय उपचार सेवा, सर्वसुलभ र निःशुल्क उपचार, मेडिकल कलेज, चिकित्सा शिक्षालगायतका मुद्दालाई आफूहरुले विशेष प्राथमिकतामा राखेको सैयद बताउँछन् ।

डा. सैयद समाजसेवी पनि हुन् । उनले निःशुल्क उपचार, निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरणलगायतका अभियान चलाउँदै आएका छन् ।

विस्तृत भिडिओमा :

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७