
काठमाडौं । चलचित्र ‘भगवत् गीता’मा नायक विपिन कार्की अनुबन्धित भएका छन् । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘भगवत् गीता’मा कार्की अभिनय गर्ने छन् ।
यसअघि चलचित्रका लागि सुहाना थापा र धीरज मगर प्रमुख पात्रको रुपमा फाइनल भइसकेका छन् ।
आगामी वैशाख १ गतेबाट रिलिज गर्ने योजना रहेको चलचित्रलाई अभिनेत्री तथा निर्देशक झरना थापाले निर्देशन र निर्माता सुनिल थापाले निर्माण गर्नेछन्।