
काठमाडौं । हत्या आरोपी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउका सम्बन्धमा गृहमन्त्री रवि लामिछानेले घुमाउरो जवाफ दिएका छन् ।
उनलाई कांग्रेस सांसद रामहरि खतिवडाले प्रश्न गरेका थिए ।
जवाफमा लामिछानेले भने, ‘यहाँ एकजना सांसदको विषयमा प्रश्न उठ्यो । विधि र पद्दती बाहिर गएर गृह मन्त्रालय बाहिर जाँदैन । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैको दबाब हुने छैन । गृह मन्त्रालय टसमस हुनेछैन । तपाईँहरुबाट दबाब र प्रभाव आउने छैन भन्ने विश्वास छ ।’
याे पनि पढ्नुहाेस् ।
हत्या अभियोग लागेका सांसद संसदमा, कांग्रेसले माग्यो गृहमन्त्रीसँग जवाफ