काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले राष्ट्रपतिको निर्वाचनको प्रसंगमा एमाले झस्किनुपर्ने आवश्यकता नरहेको बताएका छन्।
बिहीबार संसदमा बोल्दै उनले कांग्रेसले कुनै पनि ढोक्सा नथापेको बताएका हुन्।
राष्ट्रपतिको निर्वाचनमा २०७४ सालबाट शिक्षा लिनुपर्ने उनले बताए। आवश्यक सहयोग नगर्ने सभामुख र अनावश्यक सहयोग गर्ने राष्ट्रपति हुन नहुने शर्माले बताए।
‘सरकारलाई समर्थन गरेर कांग्रेसले कुनै पनि ढोक्सा थापेको छैन। राष्ट्रपतिको निर्वाचनको प्रसंगमा कोही पनि झस्किनुपर्ने आवश्यकता छैन,’ शर्माले भने।