
काठमाडौं । डडेलधुराका चन्द्रकान्त नाथ र कृष्ण नाथ वैदेशिक रोजगारीको लागि गएको सेप्टेम्बर २२ मा मलेसिया उडे । ‘रेइ्नफर्सिङ फिटर्स’ मा काम लगाइदिने सहमतिमा उनीहरुसँगै अन्य २२ जना गएका थिए ।
अनिरुद्र मल्लाह, नविरसुल मियाँ, हजरत अलि मियाँ, नेत्रप्रसाद आचार्य, पुण्य प्रसाद आचार्य, केदार विश्वकर्मा, किरण पराजुली, रोशन पराजुली, यादव बयलकोटी, सुशिल कुमार ताजपरिया, देव बहादुर नेपाली, होम बहादुर नेपाली, नर बहादुर नेपाली, राजा हुशेन मियाँ, रमेश गुरुङ, हिरालाल थारु, सुरेन्द्र उराह, हरिप्रसाद आचार्य, आशराम उराउ, रन्जित कुमार सुनुवार, भुपेश चौधरी र सन्तोष भुजेल गएका हुन् ।
अल कौसर मेनपावरले उनीहरुलाई १ लाख ६० हजार लगानी गरेर विदेशिएका उनीहरुले सुरुका ३ महिना काम पाए् । तर पछिल्लो १ महिना काम नपाएको गुनासो सुनाए । तलब भने १ महिनाको मात्र दिएको चन्द्रकान्तले बताए ।
मेनपावर कम्पनीले उनीहरुलाई नासिम ईन्जिनियर सर्विसमा काम लगाइदिने भनेर पठाएको बताउछन् । उक्त मेनपावरले १ सय ३० ओमनि रियल, ८ घण्टा काम र हप्तामा एक दिन विदाको प्रलोभनमा विदेश पठाएको थियो ।
तर विदेशमा वास्तविकता फरक रहेछ । कृष्ण भन्छन् ‘त्यहाँ पुगेपछि २४ जनामध्ये सबैले महिनामा पुरा काम पनि गर्न पाएनौं । ६,७ दिनमात्र गरियो । तलब पनि बल्लतल्ल दियो ३ महिना काम गरियो तलब मात्र १ महिनाको १ सय ३० रियल दियो ।’
त्यसयता २ महिना गरेको कामको पारिश्रमिक नपाएको उनी बताउँछन् ।
‘ईन्जिनियर कम्पनीमा काम लगाइदिने भनेपनि यहाँ कन्ट्रकसन कम्पनीमा लगाइदियो । नासिम ईन्जिनियर सर्विस त ३ महिना भए यहाँ बसेको देखेका पनि छैनौ ।’ चन्द्रकान्तले भने
१ महिना काम नपाउँदा ओमनमा बस्न नसक्ने मनस्थितीमा छन् भुपेश चौधरी ।
हुलाक सञ्चारसँगको फोन संवादमा चन्द्रकान्तले भने ‘१ महिना भए काम नपाएको, कम्पनीले भोलीभोली भन्दै १ महिना टार्यो । अझै काम लगाएको छैन् । तलब पनि दिएको छैन् । ३ वटा कोठामा २४ जना बसेका छौ । अबका दिनमा खान , बस्न पनि सकिन्न । ऋण काडेर पैसा कमाउने लोभमा आइयो यहाँ यस्तो रहेछ । मेनपावरले ठग्यो ।’
फोन गर्दा मेनपावरले फोन नउठाएको उनी बताउँछन् ।
मेनपावर कम्पनीले आफूहरुमाथि शोषण गरेको उनीहरुको आरोप छ । नेपाल फर्कन नसकिने पो हो कि भनेर डर लाग्न थालेको पनि उनीहरु बताउँछन् ।
२४ जनालाई ओमन पठाउने अल कौसर ह्युमन रिसर्च प्रा.लि भने आफूहरुको केही गल्ती नभएको बताउँछ । मेनपावर कम्पनीका सञ्चालक तेज रानाले भन्छन्, ‘गल्ती उनीहरुको नै हो । हाम्रो कम्पनी सरकारद्धारा लाइसेन्स प्राप्त हो । कम्पनीको टेण्डर ३ महिनाको थियो । ३ महिना सकियो अब फेरि अर्को टेण्डरमा काम लगाउँछौ । काम नगरेपनि तलब दिलाएका छौ । कम्पनीले खान, बस्न दिएकै छ ।’
तर पिडितले भने १ महिनाको मात्र तलब पाएको सुनाउछन् । अरु ३ महिनाको नपाएको उनीहरुको भनाइ छ । उनीहरुले हुलाक सञ्चारलाई भने ‘हामीले धेरै ठाँउमा गुनासो पोख्यो कतैबाट गुनासो सम्बोधन भएन् । हामी जतिसको चाँडो नेपाल फर्काउने प्रयास गर्दिनुस ।’