• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

कैलालीमा ट्रयाक्टर दुर्घटना : सहचालकको मृत्यु, चालक घाइते

कैलाली । कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यस भएको छ भने अर्का एक जना घाइते भएका छन् । ट्रयाक्टरमा सवार सहचालक ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका १२ को रातापानी सामुदायिक वनमा शुक्रबार बिहान से १ त ६१९३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा कञ्चनपुर पुनर्वासका चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रयाक्टर चालक पुनर्वास नगरपालिका-१० का ४१ वर्षीय सत्तु राना गम्भीर घाइते भएका छन् ।

उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरमा गम्भीर चोट लागेको छ ।

गोदावरीबाट ढुङ्गा ल्याउन जादै गरेको अवस्थामा अनियन्त्रित भएर ट्रयाक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।