ए डिभिजन लिग फागुन १९ गतेदेखि सुरु हुने

काठमाडौं । शहीद स्मारक एु डिभिजन लिगको खेल तालिका शुक्रबार सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल तालिका सार्वजनिक गरेको छ । लिग फागुन १९ गतेदेखि सुरु हुने छ । यसपालि लिग डबल राउन्ड रोबिनमा हुनेछ । लिगका खेलहरु त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।

लिगको पहिलो खेलमा नवप्रवेशी क्लब एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । रङ्गशालामा हुने उद्घाटन खेल फागुन १९ गते बेलुकी साढे ५ बजे सुरु हुनेछ । नवप्रवेशी चर्च ब्वाइजले पहिलो खेल नेपाल पुलिस क्लबसँग फागुन २० गते खेल्नेछ ।

साविक विजेता मच्छिन्द्र फुटबल क्लबले पहिलो खेलमा जावलाखेल युथ क्लबसँग फागुन २१ गते खेल्नेछ । यस पटकको लिगमा १ सय ८२ वटा खेल हुनेछन् । लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

यस्तै ुमोस्ट भ्यालुएबलु खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् । फेयर प्ले अवार्ड विजेताले ३ लाख रुपैयाँ पाउने छ । प्रत्येक खेलको विजेता क्लबले म्याच मनिबापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचुले १० हजार रुपैयाँ पाउनेछन्।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७