• २०८३ असार ९
  • 2026 June 23, Tuesday

सभामुख घिमिरेले बोलाए सर्वदलीय बैठक

  • २०७९ माघ ७, शनिबार ०६:०३

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक बोलाएका छन्।

उनले शनिबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्।

संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ।

सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि पहिलो पटक बैठक बोलाएका हुन्।

गत बिहीबार भएको सभामुखको चुनावमा उनले १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन्।

  • २०७९ माघ ७, शनिबार ०६:०३