• २०८३ असार ९
  • 2026 June 23, Tuesday

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाका सदस्यको उपनिर्वाचन माघ २५ मा

काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको २५ माघमा हुने भएको छ । प्रदेशमा राष्ट्रिय सभाको एक रिक्त सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

निर्वाचन कार्यालय दाङका अनुसार उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुने भएको छ ।

उपनिर्वाचनका लागि घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिएको छ । जसअनुसार माघको ८ गते मतदाता नामावली प्रकाशन, नामावलीमा दाबी विरोध वा उजुरी, माघको ११ गते उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने कार्यतालिका रहेको छ ।