काठमाडौं । शनिवार हुन लागेको उपसभामुखको निर्वाचन अगाडी प्रतिनिधी सभामा बोल्दै सोविता गौतमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगरलाई मतदान गर्न अपिल गरेकी छनु । उनले बालबालिकाको रक्षाको लागि समर्पित रहने रानालाई मत दिन आगह गरेकी हुन् ।
त्यस्तै, कांगे्रसकी उपसभामुख उम्मेदवार मुक्ताकुमारी यादवलाई पनि गौतमले शुभकामना दिएकी छन् । सिमान्तकृतको प्रतिनिधीत्व गर्ने यादव पनि एउटा अब्बल उम्मेदवार रहेको बताइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले शुक्रबार नै उपसभामुख पदमा मनोनयन दर्ता गराएका छन् ।
इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।
मुक्ताकुमारीलाई भने सरकारमा नरहेका दलको समर्थन छ । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् ।