• २०८३ असार ९
  • 2026 June 23, Tuesday

मुक्ताकुमारीको राजनीतिमा लामो अनुभव रहेकाले उपसभामुखमा मतदान गर्नुस : कांग्रेस नेता पाण्डे

काठमाडौं । कांग्रेस नेता बद्री पाण्डेले उपसभामुख उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न प्रस्ताव गरेका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कर्णाली र मधेसको आवाज यादवलाई मत दिन सांसदहरुलाई आग्रह गरेका छन् ।

पाण्डे यादवका प्रस्तावक समेत हुन् । मुक्तकुमारी शिक्षणपेशादेखि राजनितीमा लामो अनुभव रहेको बताएका छन् । सभामुख सत्तापक्षको निर्वाचित भएकाले उपसभामुख प्रतिपक्षको हुनु लोकतान्त्रिक अभ्यास रहेको बताएका हुन् ।