काठमाडौं । राप्रपा सचेतक तथा सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले सशस्त्र युद्ध र सडक आन्दोलनबाट मात्र राजनीतिमा स्थापित भइन्छ भन्ने मान्यता तोडिदै गएको बताएकी छन् ।
शनिबार प्रतिनिधिसभामा उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरलाई समर्थन गर्दै उनले समाजसेवा र नागरिकको सेवाबाट पनि राजनीतिमा स्थापित हुन सकिने बताए ।
सांसद शाहीले भ्रष्ट्राचारको फाइल अख्तियारको दराजमा धुलो लागेर थन्किएको तर कारबाही नभएको बताए ।
विदेशमा भ्रष्ट्राचार आरोपमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, बहालवाला प्रधानमन्त्री र उच्च ओहोदाका व्यक्ति जेल गएको र कारबाही भएको भन्दै सांसद शाहीले नेपालमा पनि त्यस्तै हुनुपर्ने बताए ।