प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त भएका छन् । गजुरेलले आफू प्रमुख सल्लाहकारमा नियुक्त भएको बताए । प्रधानमन्त्री प्रचण्डले गजुरेलाई यसअघि नै प्रमुख राजनीतिक सल्लाहकार बनाउने प्रस्ताव गरेका थिए ।

गजुरेल सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न चाहन्थे । तर, उनको ठाउँमा युवा नेता लेखनाथ दाहालले टिकट पाएर निर्वाचित भएका थिए ।

आफूले टिकट नपाएकोमा असन्तुष्टि जनाउँदै गजुरेलले असहमति पत्र समेत माओवादी पार्टी कार्यालयमा बुझाएका थिए ।

त्यसलाई बुझेर प्रधानमन्त्री प्रचण्डले आफूलाई सहयोग गर्ने जिम्मेवारी लिन गजुरेलसँग आग्रह गरेका थिए । गजुरेल माओवादीभित्र प्रचण्डका आलोचक र समर्थक दुवै मानिन्छन्।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७