झापाको एभरेष्ट चिया बगानमा युवक-युवती मृत फेला

काठमाडौं । झापाको एक चिया बगानमा दुई जना मृत फेला परेका छन् । एभरेष्ट चिया बगानमा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् ।

आज बिहान कचनकवल गाउँपालिका ४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ ।

दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

डिएसपी पाठकका अनुसार युवक अन्धाजी २५ र युवती १८ वर्षकी छन् । अहिले घटना स्थलमा प्रहरी टोली पुगेको छ ।

अनुसन्धान सुरु भएको र घटनाबारे थप केही कुरा खुलिनसकेको प्रवक्ता पाठकले बताए ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७