• २०८३ असार १०
  • 2026 June 24, Wednesday

संसदलाई बाजुरा भूकम्पको क्षतिबारे जानकारी गराउन सांसद बद्री पाण्डेको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले मंगलबार दिउँसो गएको भूकम्पबाट पुगेको क्षतिबारे संसदलाई जानकारी गराउन माग गरेका छन्।

बाजुरा केन्द्र भई गएको भूकम्प र यसबाट पुगेका क्षतिबारे संसदलाई सरकारले जानकारी गराउनुपर्ने उनले माग राखेका हुन्।

प्रतिनिधि सभा बैठक चलिरहेका बेला सभामुखसँग समय लिएर बोलेका सांसद पाण्डेले आज दिउँसो करिब पौने ३ बजे बाजुराको मेला भन्ने ठाउँ केन्द्र बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको छ।