पाल्पा–गुल्मी सडकखण्ड फागुन ९ गतेसम्म दैनिक १२ घण्टा बन्द हुने

पाल्पा । सडक चौडा गर्नको लागि पाल्पा–गुल्मी सडकखण्ड एक महिना दैनिक १२ घण्टा बन्द गरिने भएको छ । पाल्पाको मालमुल–जोर्ते सडकखण्ड चौडा गर्ने काम भएकाले सडक सञ्चालनमा अबरुद्ध हुने भएको हो ।

मालमुल–जोर्ते सडकखण्ड चौडा गर्ने काम भइरहेकाले माघ ९ गतेदेखि फागुन ९ गतेसम्म दैनिक १२ घण्टा बन्द हुने सडक डिभिजन कार्यालय, पाल्पाले जनाएको छ ।

बर्तुङ–तम्घास सडक अन्तर्गत पाल्पाको मालमुलदेखि जोर्ते बिहान ५ देखि ९ बजेसम्म बन्द हुनेछ । दिउँसो १२ देखि ४ र बेलुकी ६ देखि राति १० बजेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणि निरौलाले बताए ।

सडक बन्दहुने भएपछि गुल्मी, बाग्लुङ र पाल्पाका सवारी आवातजावतमा कठिनाई हुने भएको हो । सडक बन्द भएपनि वैकल्पिक सडकको रूपमा जोर्ते, लुहुङ हुँदै तानसेनको बतासेडाँडाबाट आवतजावत गर्न सक्छन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७