• २०८३ असार १०
  • 2026 June 24, Wednesday

पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था छैन् : सुवासचन्द्र नेम्बाङ

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले देशमा पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उनले हरेक समस्या संविधान अनुसार नै समाधान हुन सक्ने बताए ।

शहीद दिवसको अवसर पारेर नेकपा एमालेले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै रवि लामिछानेको मुद्दामा अदालतले गरेको फैसलाले सरकारमा समस्या नआउने संकेत गरेका हुन् ।