• २०८३ असार १०
  • 2026 June 24, Wednesday

रविलाई आजै पार्टी सभापति बनाउने तयारी, गृहमन्त्री पनि रास्वपाले लिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रवि लामिछानेलाई आजै पार्टी सभापति बनाउने तयारी गरेको छ ।

यहि माघ १३ गतेसर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद र गृहमन्त्री पद पनि गुमेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै उनलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपा प्रवक्ता मुकुल ढकालले बताए । रवि नागरिकताका लागि अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छन् ।

नागरिकता विवादमा सांसद पदसँगै पार्टी सभापती पद पनि गुमाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद अर्याललाई कार्यवाहक पार्टी सभापति र संसदीय दलको नेता छानेको थियो ।

यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्रालय आफ्नो नै हुने दाबी गरेको छ । सर्वोच्च अदालतले १३ माघमा नागरिकता विवादमा रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो ।

लामिछानेले पद गुमाए पनि गृहमन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपाले बताएको छ ।