काठमाडौं । अमेरिकाकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्।
नेपाल भ्रमणमा रहेकी उपविदेश मन्त्री न्युल्यान्डले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा र एमाले संसदिय दलको कार्यालय, सिहंदरबारमा पुगी नेपाल र अमेरिकाको द्वीपक्षीय सम्बन्धका विभिन्न विषय छलफल भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा परराष्ट्र सचिव भरतराज पौड्याल, अमेरिकी राजदूत डिन थम्प्सनलगायत दुई देशका अन्य अधिकारीहरू पनि सहभागी थिए। भने सिंहदरबारमा परराष्टमन्त्री लगायत सहभागि थिए ।