
पोखरा । पोखरामा आत्मदाहको प्रयास गर्ने पुरुषलाई बचाउने क्रममा घाइते भएकी महिलाको आज मृत्यु भएको छ । पोखरा – १३ काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा बिहान ११ बजे उनको मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा। भरतबहादुर खत्रीले पुष्टि गरे ।
आइतबार (हिजो) सापकोटाको घरमा बस्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षेत्रीले शरीरमा पेट्रोल छर्किएर बाथरुममा आत्मदाहको प्रयास गरेका थिए । त्यसक्रममा उनलाई बचाउन गएकी घरबेटी सापकोटा जलेर सिकिस्त घाइते भएकी थिइन् ।
उनीहरु दुवै जनालाई छिमेकीले उद्धार गरी अस्पताल पुर्याएका थिए । क्षेत्रीले सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका थिए ।
उपचारत कृष्णबहादुरको हात, खुट्टा र अनुहार जलेको छ । उनको अवस्था हालसम्म सामान्य रहेको चिकित्सकले बताएका छन् ।