• २०८३ असार १०
  • 2026 June 24, Wednesday

निर्वाचन आयोगले तोक्यो राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति

काठमाडौं: निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार हुनेगरी आज मिति तोकेको हो। यस्तै, उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गतेलाई तोकिएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले केहीबेरमै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ।