विराटनगरमा पार्किङ निषेध गरेपछि व्यापारीद्धारा विरोध स्वरुप बजार बन्द

काठमाडौं । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यापारीले बजार बन्द गराएका छन् । मेयर नागेश कोइरालाको निर्णयको विरोध गर्दै व्यापारीले मुख्य बजार बन्द गराएका हुन् ।

सोमबार पसल बन्द गराएर आन्दोलनमा उत्रिएको खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलले बताए । महानगरपालिकाले विकल्प नदिई पार्किङ हटाएको उनले बताए ।

महानगरपालिकाले बजार क्षेत्रमा रहेका खाली जग्गामा पार्किङ बनाउने अभियान सञ्चालन गरिररहेको छ । मुख्य बजार क्षेत्रमा विकल्प नदिई पार्किङ निषेध गरेपछि आन्दोलनमा उत्रिनु परेको उनले बताए ।

महानगरपालिकाका प्रमुख नागेश कोइरालालाई भेटेर विकल्प दिएर मात्रै पार्किङ हटाउन व्यापारीले माग गरेका थिए । मेयर नागेश कोइरालाले भने दुई महिनाको समय मागेका छन् । महानगरपालिकाले शनिमन्दिर–जलजलाचोक, शनिमन्दिरदेखि महावीर रोडसम्मको क्षेत्रलाई पनि पार्किङ निषेधित घोषणा गरेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१