काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न रवि लामिछाने प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएर पार्टी सभापतिमा पुनः चयन भएपछि उनी प्रचण्डलाई भेट्न पुगेका हुन् ।
सर्वोच्च अदालतले नागरिकता प्रकरणमा दोषी देखाएपछि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गएको थियो । साथै उनको सांसद पद र पार्टी सभापति पद पनि गएको थियो ।
गृहमन्त्रीबाट रवि हटेपछि प्रचण्डले आफैं सो मन्त्रालय सम्हालिरहेका छन् ।