सुनको भाउ अहिलेसम्मकै उच्च, ताेलाकाे १ लाख ७ हजार ५ सय

काठमाडाैं । सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज तोलामा सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगाे हो ।

यसअघि गएको १२ गते सुनको मूल्य बढेर तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको थियो ।

बुधबार सुनको मूल्य तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ थियो । हिजोको भाउभन्दा आज सुन तोलामा १ हजार २ सय रुपैयाँले धेरै हो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महँगाे भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७