• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

क्रिकेटर सन्दीप लामिछाने आजदेखि बन्द प्रशिक्षणमा रहने

काठमाडौं । नाबालिग बलात्कार अभियोग लागेका सन्दीप लामिछाने आजबाट नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षणमा रहने भएका छन्।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई समेट्दै दोस्रो चरणको राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको हो।

क्यानले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० जनाको टिम बिहीबार साँझ घोषणा गरेको हो। यसअघि पहिलो चरणमा २८ सदस्यीय टिम घोषणा भएको थियो।

टिममा बलात्कार अभियोग लागेका सन्दीप लामिछानेलाई पनि समावेश गरिएको छ। यसअघि बिहीबार साँझ मात्र सन्दीपलाई नेपाली टिमको बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको थियो।

सूर्य तामाङ र मौसम ढकालले दोस्रो चरणको टिममा पनि स्थान बनाएका छन्। विनोद भण्डारी, सागर ढकाल, सिद्धान्त लोहनी, अभिनास बोहरा, अनिल साह, विक्रम शोव, भुवन कर्की, अंकित सुवेदी र शरद भेषवाकर भने बाहिरिएका छन्।