विदेशिए फुटबलर विशाल राई

काठमाडौं । नेपाली फुटबलर विशाल राई विदेशिएका छन् । मच्छिन्द्र फुटबल क्लबमा आबद्ध मिडफिल्डर विशाल शुक्रबार अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
मच्छिन्द्र फुटबल क्लबमा ए डिभिजन लिग खेल्दै आएका विशाल राष्ट्रिय टिमका सदस्य समेत हुन् ।

विदेश पलायन हुने फुटबल खेलाडीको संख्या निरन्तर बढिरहँदा विशाल पनि अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

शुक्रबार मछिन्द्र क्लबका म्यानेजर अनिल श्रेष्ठ लगायत खेलाडीहरुले विशाललाई शुभकामना दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाई गरेका छन् । नेपालका ४० जति खेलाडी अहिले अष्ट्रेलियामा कम्युनिटी लिग खेलिरहेका छन् ।

नेपालमा नियमित खेल नहुने र भविष्य पनि अन्यौल हुने भन्दै खेलाडीहरु धमाधम विदेश पलायन भइरहेका छन् । फागुन १९ गतेदेखि ए डिभिजन लिग गर्ने भनेर सार्वजनिक गरिसके पनि खेलाडीहरु विदेश गइरहेका छन् ।

केही समयअघि मात्रै चर्च ब्वाइजमा अनुबन्ध भएका तेज तामाङ र दिनेश राजवंशी, संकटामा अनुबन्ध भएका गौतम श्रेष्ठ, खुमलटारमा अनुबन्ध भएका नितिन थापा मगर अष्ट्रेलिया गएका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७