• २०८३ असार ११
  • 2026 June 25, Thursday

सांसद चौधरीको रिहाइको माग गरी लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

रुपन्देही । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा सदस्य अरुण चौधरीको रिहाइको माग गर्दै लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।

बैठक सुरु हुने बित्तिकै नागरिक उन्मुक्तिका सांसदहरु आ–आफ्नो स्थानमा उठेर विरोध जनाएका थिए।

त्यसपछि सभामुखले दलका नेता धर्म चौधरीलाई बोल्न समय दिए। धर्मले प्रतिनिधि सभा सदस्य अरुण चौधरीको रिहाइको माग गर्दै सरकार कसले चलाइरहेको छ भन्दै प्रश्न गरे । उनले थारुहरुलाई फेरि जेलमा कोच्ने काम भएको उल्लेख गरे ।

बैठक अवरुद्ध गर्ने बताएपछि सभामुख तुलाराम घर्तीले विशेष छलफलको लागि भन्दै १५ मिनेटको लागि बैठक स्थगित गरेका थिए ।