• २०८३ असार १०
  • 2026 June 24, Wednesday

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ। पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताले बैठक सार्नु परेको भन्दै पार्टीको बैठक यसअघि पटक पटक सर्दै आएको छ। गत बिहीबार स्थायी समिति बैठक बस्न नपाउँदै सकिएको थियो भने हिजो अन्तिम समयमा आएर स्थगित भएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने संकेत दिएपछि परिस्थिति जटिल भएको भन्दै प्रचण्डले बिहीबार बैठक बस्न नपाउँदै स्थगित गरेका थिए।