• २०८३ असार १०
  • 2026 June 24, Wednesday

माओवादी केन्द्रको निर्णय : राष्ट्रपतिमा सहमति नभए विचार मिल्ने दलहरूसँग मिलेर जाने

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा सकेसम्म राष्ट्रिय सहमति गर्ने र त्यसो नहुँदा जोसँग विचार र लक्ष्य मिल्छ उसैसँग मिलेर जाने निर्णय गरेको छ ।

शनिवार सम्पन्न स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिको चुनावसम्म जाँदा सकेसम्म सहमतिको पक्षमा उभिने बताए ।

कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएको हुनाले यो वा ऊ दल नभनी माओवादीले राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय लिएको पौडेलले बताए । यदि सहमति नभएमा विचार र कार्यदिशा मिल्ने दलहरूसँग मिलेर अघि बढ्ने निर्णय भएको उनले बताए ।

अहिलेसम्म एमालेलाई बाहिर राखेर सहमतिको कुरा नगरिएको भन्दै पौडेलले सरकारलाई सहयोग गर्ने दलहरुबीच पनि छलफल हुने बताए ।