• २०८३ असार १०
  • 2026 June 24, Wednesday

माधव नेपालको प्रतिवेदनमाथि १० समूहमा छलफल हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाइएको छ ।

केन्द्रीय कमिटी सदस्यहरुलाई १० वटा समूहमा विभाजन गरी समूह छलफल गरिने एक नेताले जानकारी दिए ।

समूहमा आइतबार विहानसम्म छलफल हुने र समूहको निश्कर्ष पेश गर्ने कार्यतालिका रहेको छ । शनिबार सुरु भएको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।