• २०८३ असार १३
  • 2026 June 27, Saturday

चर्चित पाकिस्तानी क्रिकेटर रिजवानले भेटे सन्दीपलाई

काठमाडौं । पाकिस्तानका विश्व चर्चित क्रिकेटर मोहम्मद रिजवान सन्दीप लामिछानेलाई भेट्न नेपाल आएका छन्।

आइतबार नेपाल आएका रिजवानले बन्द प्रशिक्षणमा रहेको नेपाली टिम रहेको होटेलमा नै गएर सन्दीपलाई भेटेको बताइएको छ।

रिजवान हाल विश्व क्रिकेटका प्रमुख ब्याटर हुन्। उनी आईसीसीको वरियतामा पनि दोस्रो स्थानमा छन्।

नाबालिग बलात्कार आरोप लागेका सन्दीप जेलमुक्त भएसँगै राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किएका छन्।

रिजवानले मानसिक रूपमा कमजोर रहेका सन्दीपलाई खेलका लागि मैदानमा फर्कनु अघि मनोबल उच्च बनाउन सुझाव दिएको क्यान स्रोतले जनाएको छ।