स्पोर्टस अवार्ड अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस् अवार्ड अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरेको छ ।

मञ्चले काठमाडौंमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार क्रिकेटमा आसिफ शेख, टेनिसकी अभिलाष विष्ट, फुटबलका अञ्जन विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी मनोनयनमा परेका छन् ।

भोटिङका आधारमा यो विधाको विजेता छनोट गरिने छ । विजेता छनोटका लागि इसेवाबाट आउने भोटिङको मतभार ५० प्रतिशत रहने छ ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेजमा गरिने भोटिङको मतभार २५ प्रतिशत रहने छ । यस्तै राष्ट्रिय प्रशिक्षकको मतभार १२।५ प्रतिशत र खेलकुद पत्रकारले गर्ने भोटिङको मतभार पनि १२.५ प्रतिशत रहने मञ्चले जनाएको छ ।

विजेताले मोटरसाइकल पुरस्कार पाउने छन् । एसएमएस भोटिङका लागि मञ्चले इसेवासँग सम्झौता गरिसकेको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७