काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र पूर्ण नहुने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानीमा डा कोइरालाले रविलक्षित टिप्पणी गरेका हुन् । लोकतन्त्र बिना विकास सम्भव नहुने भन्दै उनले प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्वपूर्ण भएको बताए ।
यस्तै फरक प्रसङ्गमा बोल्दै उनले कांग्रेस सरकारमा सहभागी नहुने बताए । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि कांग्रेस अहिले नै सरकारमा सहभागी नहुने दाबी गरे । उनले भने, ‘कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।’
राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको भनाइ छ । राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनको भनाइ छ ।