सत्तारुढ गठबन्धन टिकाइ राख्न जरुरी छ : प्रदीप ज्ञवाली

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदिप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताएका छन् ।

राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्यौललाई हटाएर अघि बढन पनि सत्तारुढ गठबन्धन टिकाउन जरुरी रहेको उनको तर्क थियो । रफ्त सञ्चार क्लवले सोमबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले गत पुस १० गते भएको सहमतीलाई कार्यान्वयन गर्न सत्तारुढ दलहरु दृढतापूर्वक उभिनुपर्ने पनि बताए ।

उनले कांग्रेसले प्रतिपक्ष हुन पाउनका लागि निवेदन दिने अनि सत्ताको महत्वपूर्ण अंगहरुमा हिस्सेदार खोज्ने दोहोरो चरित्र देखाउन नहुने जिकीरसमेत गरे ।

उपमहासचिव ज्ञवालीले भने, ‘जहाँसम्म राष्ट्रपति निर्वाचनको कुरा छ । हिजो पुस १० गते जे समझदारी भएको छ । यो सरकार बनाउने राजनीतिक दलहरुको बीचमा । त्यो समझदारी दृढतापूर्वक कार्यान्वयन हुनु पर्दछ ।’

उपमहासचिव ज्ञवालीले काँग्रेसमा सत्ताबाट हटनु परेको छटपटी सुरु भएको आरोप समेत लगाए । उनले लोकतन्त्रलाई कमजोर बन्न नदिन पनि काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७