• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

सुनको भाउ दुई सय रुपैयाँले वुद्धि

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

अघिल्लो कारोबार दिन स्थिर रहेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा किनबेच भएको थियो।

मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।