• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

खेतमा दिसा गरेको निहुँमा झडपहुदाँ एकको मृत्यु, तीन जना पक्राउ

काठमाडौं । रौतहटको मौलापुर नगरपालिका ९ सोनरनियामा खेतमा दिसा गरेको निहुँमा झडप हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पनिलाल यादवकी श्रीमती ४० वर्षीया सुगन्धी देवी रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

घरबाट खेतमा जाने बाटोमा दिसा गरेको भन्दै स्थानीय भोला यादव र पनिलाल यादवको परिवारबीच बुधबार साँझ झडप भएको थियो ।

खुट्टामा दिसा लागेको आक्रोशमा भोला यादव पनिलाल यादवको घरमा गएर उसको श्रीमती सुगन्धि देवीलाई बाँसको भाटाले निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए ।

यादवको कुटपिटबाट गम्भिर घाइते भएकी सुगन्धिलाई उपचारको लागि विरगञ्ज लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटना लगत्तै ईलाका प्रहरी कार्यालय मौलापुरबाट इन्स्पेक्टर नन्दकिशोर चौहानको नेतृत्वमा गएको प्रहरी टोलीले भोला यादव परिवारलाई नियन्त्रणमा लिएको छ।

मुख्य आरोपी भोला यादव भने घटनालगतै फरार भएका छन् । फरार यादवको खोजी भइरहेको प्रहरीले जनाएको छ ।