• २०८३ असार १०
  • 2026 June 24, Wednesday

सुशील कोइरालाको सातौं स्मृति दिवसको अवसरमा दीप प्रज्वलन

काठमाडौं । नेपाली कांग्रेसका पूर्व पार्टी सभापति, पूर्व प्रधानमन्त्री एवम् संविधानका पिता स्वर्गीय सुशील कोइरालाको सातौं स्मृति दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

सुशील कोइराला सोसलिष्ट युथ सर्कल केन्द्रीय समितिको आयोजनामा शान्तिवाटिका रत्नपार्कमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्यता नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एव सांसद प्रतिमा गौतमले गरेकी थिइन् ।

उक्त कार्यक्रममा स्वर्गीय सुशील कोइरालाका भतिज एवं पूर्व स्वकीय सचिव अतुल कोइरालाको पनि उपस्थिति रहेको थियो । साथै ने.वि.संघका पूर्व उपसभापति सागर परियारको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको संयोजकत्व सर्कलका अध्यक्ष तारा बहादुर थापाले गरेका थिए ।