• २०८३ असार १०
  • 2026 June 24, Wednesday

देश बनाउनका लागि विचार र विमर्शसहितको पार्टी आवश्यक छ : घनश्‍याम भूसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भूसालले लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको बताएका छन् ।

शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा देश बनाउने शक्ति भनेको नै पार्टी रहेको उल्लेख गरेका हुन् ।

उनले देश बनाउनका लागि पात्र चाहिने र त्यो पात्र भनेको लोकतन्त्रमा पार्टी मात्रै रहेको बताए । उनले देशको अर्थतन्त्र बनाउने र देश बनाउनका लागि विचार र विमर्शसहितको पार्टी आवश्यक भएको बताए ।

उनले देशको अर्थतन्त्र उद्यम नगर्ने र रोजगारी सिर्जना नगर्ने पुँजीपतिकोमा गएसँगै त्यसले देशले प्रगतिको पथ लिन नसक्ने बताए । नेता भुसालले जुन मुलुकको अर्थतन्त्रलाई उद्यम नगर्ने, उद्यम नभएका पुँजीपतिहरुले नेतृत्व त्यसमा देशले सफलता नपाउने दाबी गरे ।

उनले भने, ‘ जुन समानता, सुशासनको कुरा गर्नुभएको छ, विधिको शासनको कुरा गर्नुभएको छ, त्यो विचौलिया पुँजीवाद भन्नुस् । अहिले भइरहेको वैभव संग्लिँदै माथि जान्छ, यस्ता पुँजीपतिकोमा जान्छ, जसले उद्यम गर्दैनन्, रोजगारी सिर्जना गर्दैनन् । तिनीहरुको गठजोडमा भागेदारी गरेर राजनीतिक नेताहरु राज्यन्त्रमा बसेकाहरुले आफ्नो सम्पती थुपार्छन्, यो गठजोडका बारेमा नबोल्ने राजनीतिले कुनै प्रगतिशील राजनीति हुन्छ भन्ने मलाई लाग्दैन ।’