काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सत्ता गठबन्धनभित्रै राजनीति नेतृत्वबाट राष्ट्रपति बन्ने बताएका छन्।
शुक्रबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै शर्माले राजनीतिक पृष्ठभूमि बाहिरबाट राष्ट्रपति नबन्ने समेत बताए।
उनले माओवादीमा राजनीतिबाहिरबाट राष्ट्रपति ल्याउने कुरा नचलेको बताउँदै अहिलेको सरकार कुनै समस्यामा नरहेकोसमेत दाबी गरे।
‘९९ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको सरकार हो, यसको कुनै चिन्ता छैन,’ उनले भने।
माओवादी केन्द्रले राष्ट्रपतिमा सकेसम्म साझा व्यक्तित्वको खोजी गर्नुपर्ने बताउँदै आएको छ।