• २०८३ जेठ २२
  • 2026 June 05, Friday

मेस्सी, एमबाप्पे र बेन्जेमा द वेष्ट अवार्डको अन्तिम प्रतिस्पर्धी

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप ट्रफी जिताउने कप्तान लियोनल मेसी फिफा उत्कृष्ट वर्ष पुरूष खेलाडीको अन्तिम मनोनयमा परेका छन्।

फिफाले गएराति मेसीसहित उत्कृष्ट तीनमा पर्न सफल खेलाडीको सूची सार्वजनिक गरेको हो। विश्वकप विजेता मेसीले उपाधिका लागि फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जिमासँग प्रतिस्पर्धा गर्नेछन्।

फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिम तीनको नाम तय भएको हो ।

अवार्डका मुख्य दाबेदार मेसीले कतार विश्वकपमा अर्जेन्टिनाले ३६ वर्षपछि उपाधि जिताउँदै प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए।

यस्तै फाइनलमा पुगेको फ्रान्सका लागि ह्याट्रिक गरेका एम्बाप्पे र सन् २०२२ को बालेन डिुओर विजेता बेन्जिमा पहिलो पटक उत्कृष्ट तीनमा परेका हुन्।

महिलातर्फ स्पेनकी एलिक्सिया प्युटेला, इङल्यान्डकी बेथ मिड र अमेरिकाकी एलेक्स मोर्गन प्रतिस्पर्धामा छन् ।

फिफाका सदस्य राष्ट्र, प्रशिक्षक, पत्रकार मतका आधारमा विजेता छनोट गरिनेछ ।

सन् २०१६ बाट सुरु भएको अवार्डमा क्रिष्टियानो रोनाल्डो र रोर्बेटो लेवान्डोस्कीले २-२ पटक तथा मेसी र लुका मोड्रिचले १-१ पटक उपाधि जितेका छन्।

सन् २०२१ अगस्ट ७ देखि २०२२ जुलाई २७ सम्मका खेलमा गरेको प्रदर्शनलाइ आधार मानिन्छ । २७ फेब्रुअरीमा पेरिसमा विजेताको घोषणा हुनेछ।