
काठमाडाैं । चर्चित भ्लगर सिसन बाँनियाले पूर्व मिस नेपाल श्रृंखला खतिवडासँगकाे सम्बन्धबारे मुख प्रष्ट पारेका छन् ।
सिसनले आफ्नो पूर्व सम्बन्धका बारेमा चासो नदिन सबैलाई आग्रह गरेका छन् ।
एक समय सिसन पूर्व मिस नेपाल श्रृंखला खतिवडाको प्रेममा थिए । यो जोडी खुलेर डेटमा रमाइरहेकाे थियाे । तर पछिल्लो समय सिसम–श्रृंखलाको सम्बन्ध सुमधुर छैन ।
उनले जीवनको त्यो अध्याय समाप्त भएको र जिन्दगीको त्यो पाना पल्टाइदिन भनेका छन् ।
उनले इन्टाग्राम स्टोरीमा आफ्नो सम्बन्धबाट छुटेर जाने मानिसप्रति कुनै रिस, घृणा नरहेको बताएका छन् ।
यो भन्दा अघि पनि आफू गहिरो सम्बन्धमा रहेकाले सबै पूर्वप्रेमिप्रति सदैव माया र सम्मान रहिरहने उनले उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘अहिले म जे छु, त्यो हुनुमा उनीहरुको पनि भूमिका छ । सबैप्रति सम्मान छ’ उनले अगाडि लेखेका छन्, ‘मेरो जीवनको त्यो अध्याय सकियो । पाना पल्टाउनुहोस् ।’