यस्ता छन् राष्ट्रिय स्वतन्त्र पार्टीकाे बैठकका निर्णय

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेकाे पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनले सत्तारुढ दलहरुले अझै सरकारमा आउन आग्रह गरेपनि पार्टीसँग भएको सहमति कार्यान्वयन नभइ आफूहरु सरकारमा नजाने बताए ।

उनले भने, ‘हामीले सरकारमा जाने वा नजाने भन्ने बारेमा धेरै छलफल गरेनौँ । किनभने एउटा सहमति कायम गरेर हामी सरकारमा गएका थियौँ र सहमति तोडिएको जस्तो आभाष भइसकेपछि हामी सरकारबाट बाहिरिएका हौँ । पुनः सहमति हुनसक्यो र जनताको काम गर्ने अवसर आए हामी जान पनि सक्छौँ ।’

त्यस्तै, बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति सदस्य २४ जनाबाट बिस्तार गरेर ४० जनाको बनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१