• २०८३ असार १३
  • 2026 June 27, Saturday

पाँच महिनापछि खेल जिवनमा फर्किएका सन्दीपको पहिलो विकेट

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगत कीर्तिपुरमा जारी नेपाल र नामिबियाको खेलमा सन्दीप लामिछानेले विकेट लिएका छन्।

उनले टिमका लागि दोस्रो र व्यक्तिगत रूपमा पहिलो विकेट लिएका हुन्। विकेट लिएलगत्तै उनी भावुक बने। सहकर्मीको काँधमा रोए। सोमपाल कामीले लामिछानेको आँखामा आएको आँशु पुछिदिए।

सन्दीप पाँच महिनापछि क्रिकेटमा फर्किएका हुन्। यसअघि उनी गत भदौमा केन्यामा भएको सिरिजमा सहभागी भएका थिए। उनले उक्त सिरिजमा पनि विकेट लिएका थिए।

नाबालिग बलात्कारको आरोप लागेका उनले केही महिना जेलमा समेत बिताए। यद्यपि उनलाई अदालतले सफाइ भने दिएको छैन।

नामिबिया ११ ओभरको समाप्तीमा २ विकेट गुमाइ ४७ रन बनाएर खेलिरहेको छ।