• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नायिका प्रियंका कार्कीकी सासुले गरिन् प्रेमिसँग ‘इन्गेजमेन्ट’

काठमाडौं । पूर्व बैंकर तथा नायिका प्रियंका कार्कीकी सासु रविना देशराजले इन्गेजमेन्ट गरेकी छन्।

भ्यालेन्टाइन्स डेको अवसरमा रविनाले द्वारिकाज होटलमा प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग ‌औँठी साटेकी हुन्। रविनाले यसबारे इन्टाग्राम अकाउन्टमा जानकारी दिएकी छन् ।

प्रेमीसँगको फोटो शेयर गर्दै उनले लेखेकी छन्, ‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उनको प्रस्तावलाई स्वीकार गरेँ ।’

अभिनेत्री तथा रबिनाकी बुहारी प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिर सेयर गरेर बधाई दिएकी छन् ।

रबिनाले मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृत छाडेर बसेकी छन् ।