
काठमाडाैं । आइसीसी विश्वकप एक दिवसीय त्रिकोणात्मक सिरिजमा स्टकल्यान्डविरुद्ध नेपालले फिल्डिङ गरिरहेकाे छ ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेकाे थियाे ।
हालसम्मकाे खेलमा नेपालका स्पिनर सन्दीपल लामिछाने एक्लैले ३ विकेट लिएका छन् । कुशल मल्लले २ तथा कुशल भुर्तेलले १ विकेट लिए ।
सन्दीपले ७ ओभर बलिङ गर्दा ३ विकेट लिए । कुशल मल्लले ६ ओभरमा १ मेडन राख्दै २ विकेट लिए ।
स्कटल्यान्डका ओपनर क्रिस्टोफर म्याकब्राइड २२ रन बनाउँदा कुशल मल्लको बलमा क्याच आउट भए । २९ बलको सामना गरेका उनले ३ चौका हाने । कप्तान रिची बेरिङटन २५ बलमा २ चौका र १ छक्का हान्दै १९ रनमा कुशल मल्लको बलमा आउट भए ।
थोमस म्याकिन्टोस १९ र म्याथु क्रस २ रनमा सन्दीप लामिछानेको बलमा एलबीडब्लु धरापमा परे।
ब्रान्डोन म्याकमुलर २२ रन जोड्दा सन्दीपको बलमा क्याच आउट भए । २६ बलको सामना गरेका उनले १ छक्का हाने ।
क्रिस ग्रेभ्स १६ रन जोड्दा कुशल भुर्तेलको बलमा विकेट किपर आशिफ शेखको हातबाट आउट भए ।