स्कटल्याण्डले दियाे नेपाललाई २७५ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा स्कटल्याण्डले नेपाललाई २७५ रनको लक्ष्य दिएकाे छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २७४ रन बनाएको हो ।

स्कटल्याण्डका लागि माइकल लिस्कले शतक पूरा गरे । ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे ।

१११–६ को अवस्थामा पुगेको स्कटल्याण्डलाई माइकल लिस्क र ज्याक जार्विसले सातौँ विकेटका लागि ८१ रनको साझेदारी गरे । याे साझेदारीपछि स्कटल्याण्ड खेलमा पुनरागमन गरेकाे हाे ।

स्कटल्याण्डका ओपनरद्वय क्रिस्टोफर म्याकब्राइडले २२ रन र रिची बेरिङटनले १९ रन जोडे । दुवैलाई कुशल मल्लले क्याच आउट गरे ।

टोमस म्याकिङटोस १९ रन, म्याथ्यु क्रस २ रन र ब्रेन्डन म्याकुलम २२ रनमा आउट भए । तीनै जनालाई सन्दीप लामिछानेले आउट गरे ।

क्रिस ग्रेभ्सलाई १६ रन बनाएर खेलिरहदा कुशल भुर्तेलले विकेटकिपर आसिफबाट क्याच गराए । यस्तै, ज्याक जर्भिसलाई दीपेन्द्रसिंह ऐरीले २६ रनमा बोल्ड गरे । मार्क वाट २० रनमा रनआउट भए ।

बलिङमा नेपालका सन्दीप लामिछानले तीन विकेट लिए । कुशल मल्लले दुई विकेट लिए भने सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक–एक विकेट हात पारे ।

सिरिजमा यसअघि दुवै टिमले पहिलो खेलमा जित हात पारेका थिए । दुवैले नामिबियालाई पराजित गरेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१