समय सधैँ आफ्नो हुँदैन

सबै कुरा लेखेर भन्न शब्द हुँदैन ,
मनका कुरा बोलेर भन्दा द्वन्द्व हुँदैन ।
सबैले बोलेको शब्द भित्र मिठास हुँदैन ,
तिम्रो तीखो बचनमा म निरास हुँदैन ।।

बोली रहुँ भन्ने म, तिमी सँग समय हुँदैन ,
अब त बोली देउ, मेरो माया सङ्ग प्रलय हुँदैन ।
उमेर इच्छा र चाहाना सङ्गै समय हुँदैन ,
अब त भनि देउ भोलि मायाको उदय हुँदैन ।।

हाइड्रोमिटर बाहेक पानी नाप्ने यन्त्र हुँदैन ,
जीवनको मिटरमा माया लाग्ने मन्त्र हुँदैन ।
सद्भाव र इज्जत भन्दा माथि माया हुँदैन ,
माया र प्रेम नभई जीवनको छाया हुँदैन ।।

आमालाई भनि देउ अब तिम्रो निर्णय हुँदैन,
बाबालाई पनि भनि देउ मायाको प्रणय हुँदैन ।
छाया र माया त छुट्टिने कुरै हुँदैन ,
निर्णयमा ढिला भए जीवन पुरै हुँदैन ।।

जीवनमा सास र आस नहुनेको भर पर्नै हुँदैन ,
इज्जत र सद्भाव बिना प्रेम कर गर्नै हुँदैन ।
सबै मनका कुरा शब्दमा ब्यक्त गर्ने कहर हुँदैन,
बुझ्नेले नबुझेपछि सपना पूरा हुने रहर हुँदैन ।।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७