• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका-१ मा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुबोध मुखियाकी ७ वर्षीय छोरी नैना कुमारी रहेकी छिन् ।

गम्भीर घाइते बालिकाको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको छ । को २५ प ८८ ०९ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो।

 

मोटरसाइकल चालक भने जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको जनाएको छ।