नेकपा राष्ट्रिय एकता अभियानको केन्द्रीय कमिटी बैठक जारी

काठमाडाैं । फागुन ६ गतेदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानको केन्द्रिय कमिटीको बैठक आज पनि जारी छ ।

ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा बैठकको उद्घाटन गर्दै पार्टीका अध्यक्ष वामदेव गौतमले १३ पृष्ठको राजनीतिक र सांगठानिक प्रतिबेदन प्रस्तुत गरेका थिए । त्यसपछि प्रादेशिक आधारमा समूह विभाजन गरी प्रतिवेदनमा छलफल चलाइएको थियो । छलफलमा उठेका प्रश्नहरु समूहका प्रतिनिधिहरुले प्रस्तुत गरेका थिए ।

अध्यक्ष गौतमले छलफलमा उठाइएका जिज्ञासाहरुको जवाफ दिएर प्राप्त सुझावहरुलाई समेटेर प्रतिवेदनमा संशोधन गरेपछि प्रतिवेदन सर्वसम्मतिबाट पारित गरिएको थियो ।

फागुन ६ गतेदेखि सुरु भएको केन्द्रीय कमिटी बैठक आज फागुन ७ गते पनि जारी छ । आज ललितपुरको भैंसेपाटीस्थित अध्यक्ष गौतमको निवासमा चलिरहेको छ ।

आजको बैठकमा अध्यक्ष गौतमले संशोधित विधान प्रस्तुत गरेका छन् । विधानमा छलफल जारी रहेको जनाइएको छ । बैठक भोलिसम्म बस्नेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१